दुर्घटनामा परेर मकवानपुरका योन्जनको ज्यान गयो
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२, खोरभञ्ज्याङ्स्थित भित्र कच्चि सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मंगलबार साँझ ७ बजेको समयमा शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गा खानिमा शिवम सिमेन्ट प्याक्ट्रिबाट ढुङ्गा लोड गर्न जाँँदै गरेको ना ८ ख ५३३५ नम्वरको टिपर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ९०० मिटर तल जङ्गलको खोल्सामा खसि दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर टिपर चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ अदुवाखर्क बस्ने अन्दाजी २८ वर्षीय चन्द्र योन्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
