समाचार

इङवा हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । इङवा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्कासन गरेको हो । पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित...

बंगलादेशमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु

काठमाडौं । बंगलादेशको चट्गाउँ नजिक एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । चट्गाउँबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डा भन्ने स्थानमा रहेको अक्सिजन प्लान्टमा स्थानीय समयअनुसार शनिबार अपराह्न करिब साढे ४ बजे विस्फोट हुँदा उनीहरुको मृतयु भएको हो ।...

८ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने बताइएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार हुने...

स्ववियु निर्वाचन : मतदाता नामावली आज सार्वजनिक हुने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपराह्न मतदाता नामावली प्रकाशन हुने भएको हो । आज प्रकाशित हुने मतदाता नामावलीमाथि फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ ।...

दुई सय जनाको निःशुल्क आँखाको शल्यक्रिया

मकवानपुर । हेटौंडा आँखा अस्पतालमा दुई सय जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ । रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निःशुल्क आँखा शिविरबाट भेटिएका मोतिबिन्दु लागेका २ सय २३ जनामध्ये दुई सय जनाको शल्यक्रिया भएको हो । रोटरी क्लब अफ...

लागूऔषधसहित तीन जना पक्राउ

झापा । प्रहरीले झापाबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको अर्जुनधारा नगरपालिका वडा नम्वर ११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटलमा डेरा गरी तीन जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका–९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचीनगर नगरपालिका–१२ बस्ने २० वर्षीय मनिस बराल...

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर ३ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, उक्त जिल्लामा बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काभ्रेलगायत...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिने भएका हुन् । त्यसअघि मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने प्रयास जारी राखेका छन् । आवश्यक परेमा आजै सर्वदलीय बैठकसमेत बस्न सक्ने मुख्यमन्त्रीका...

सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

जनकपुरधाम । धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज १ त ५२४५ नम्बरको ट्याक्टर र ज १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर धनुषाको लक्ष्मीनियाँ...

१५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैक

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि ६ अर्ब...