समाचार
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही रहेको छ । आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशका उच्च...
मन्दिरमा चोरी गर्ने पाँच जना पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले मन्दिरमा चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१ रमदैयास्थित रहेको राजदेवी मन्दिरमा चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको हो । शुक्रबार पक्राउ गरेका उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । उनीहरूलाई चोरी गरेको सरसामानसहित पक्राउ...
‘जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता जरुरी छ’
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जनजाति पत्रकारहरुको पत्रकारितामा निरन्तरता हुनु जरुरी रहेको बताएका छन् । शनिबार हेटौंडामा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले आदिवासी जनजाति पत्रकारहरु पत्रकारितामा लागे...
ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागे : कमल थापा
मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकका ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले अरबौ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, बाईडबढी, सार्बजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा...
सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा
काठमाडौं । युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकमा युवराज आफैं रहेका छन् । मोर्चाले ९ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा सुशीलनाथ योगी, कृष्ण खड्का,...
लोसपाका नेता सर्राफ जनमत पार्टीमा प्रवेश
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता ओम सर्राफ जनमत पार्टीमा प्रवेश गरेका छन् । शंखमुलस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् । उनलाई सो पार्टीका अध्यक्ष सिके राउतले पार्टीका सदस्यता दिएर पार्टीमा प्रवेश गराएका हुन् । पछिल्लो चुनावमा लोसपाले प्रदेश सभा सदस्यका लागि...
जसपाद्वारा ८० जनामाथि कारबाहीको सिफारिस
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) द्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो । कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय...
मोटरसाइकल दुर्घटना हुँदा हेटौंडाका सापकोटाको मृत्यु
मकवानपुर । भैसे–भीमफेदी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ तिरतिरे धारामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भैसेबाट हेटौंडातर्फ आउँदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर...
स्कुल बसले ठक्कर दिंदा वृद्धको मृत्यु
धनगढी । कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ वर्षीया बाटुबट्टे आले मगर रहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको...
यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ५ जना प्रहरीको फन्दामा
काठमाडौं । यात्रुसँग निर्धारित भन्दा बढी भाडा असुल्ने पाँच जनालाई प्रहरीले आज (शनिबार) बिहान पक्राउ गरेको छ । काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६...










