समाचार

ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

धनगढी । कैलालीमा सोमबार साँझ ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ बस्ने तनबिर अन्सारीका १८ महिने छोरा हरिश अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार, सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर...

आज चट्याङ्गसहित वर्षको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी...

आज सार्वजनिक विदा

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा रहेको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक विदा दिइएको हो । पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन...

मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी

मकवानपुर । राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार १६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ । आयोगले पत्रकार सम्मेलनको गरेर जिल्लाको १० वटै स्थानीय तहमा गरी उक्त संख्यामा भूमिहीन सुकुम्वासी रहेको जानकारी गराएको हो । मकवानपुरमा १० वटै स्थानीय तहमा ३७९ जना भूमिहीन दलित, २ हजार ४६३ जना...

राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । आजै पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतलनिवास...

उपराष्ट्रपति पदमा यादवलाई सहयोग गर्ने देउवाको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उपराष्ट्रपतिका उम्मेदवार यादव मत माग्नका लागि भेट्न गएको बेला सभापति देउवाले सो प्रतिबद्धता जनाएका हुन् । सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका साझा उम्मेदवार यादवलाई चैत्र ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह...

ज्यान मार्ने उद्योग कसूरमा संलग्न ३ जना पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योग कसूरमा संलग्न भई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोट नगरपालिका–१० घर भएका २८ वर्षीय दिनेश तामाङ, ईलाम चुलाचुली गाउँपालिका–३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–८ नेपालटार बस्ने २० वर्षीय जेन राई र १८ वर्षीय किशोर रहेका छन् ।...

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेको माओवादीका एक प्रभावशाली मन्त्रीले बताए । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा,...

राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले सोमबार पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को ९१० बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई...

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौं । नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मनोनीत भएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता पदमा चयन गरेका हुन् । यसअघि नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका थिए । सो निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका...