राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त

तु खबर संवाददाता
२०७९ फाल्गुन २९,सोमबार १८:१७
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।

पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

आजै पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतलनिवास प्रवेशपछि पौडेलको यो पहिलो सार्वजनिक निर्णय हो ।