समाचार
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको...
भारतीय गायक हनी सिंह नेपाल आउँदै
काठमाडौं । भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह नेपाल आउने भएका छन् । सिंह युनिफाइ नेपालको आयोजनामा आगामी चैत्र २५ गते (अप्रिल ८) काठमाडौंको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका हुन् । ह्यातमा हुने उनको कार्यक्रमको टिकटको सबै मूल्य सम्बन्धी जानकारी ई–सेवामा राखिएको...
सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गयो
काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्वर ६ मा रहेको बिसौनी मोडमा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । प्रदेश ३ ०१–०००३ क ६१७० नम्वरको मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८६ प १७८६ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर सडकभन्दा २० मिटर तल खस्न गई दुर्घटना...
चालु आवको ७ महिनामा ३२ अर्बमाथिको आर्जन, ६२ अर्ब बाहिरियो
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार, साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो । जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८...
नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेलले शितलनिवासमा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत फागुन २५ गते नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।...
माओवादी धारको संयुक्त अन्तरक्रिया आगामी चैत्र ८ मा
काठमाडौं । माओवादी धारको संयुक्त अन्तरक्रिया आगामी चैत्र ८ गते हुने भएको छ । अन्तरक्रिया कार्यक्रम काठमाडौंको प्रज्ञा भवनमा हुने भएको हो । फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि हुने गरी सरेको हो । गत आर्इतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत्र ८ गते मात्रै...
मकवानपुरमा सवारी दुर्घटना
मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मोडभञ्ज्याङ् स्थित आज बिहान सवारी दुर्घटना भएको छ । बिहान साढे ७ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख २३७८ नम्वरको खालि ट्रकले पर्सा कारागारबाट काठमाडौं जिल्ला अदालत बबरमहल बकपत्रको लागि थनुवा लिई जाँदै गरेको...
यस्ता छन् बागमती प्रदेश मन्त्रीपरिषद् बैठकको तीन निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । बैठकले मकवानपुरको तत्कालिन हटिया गाबिस वडा नम्वर २...
हेटौंडामा हुने बक्सिङ प्रतियोगिताको तयारी पूरा
मकवानपुर । हेटौंडामा मंगलबारबाट हुने अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको सबै तयारी पूरा भएको छ । मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएका हुन् । मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुने प्रतियोगिताको बागमती...
आठ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया रोकिएको छ । देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भएपनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।...









