भारतीय गायक हनी सिंह नेपाल आउँदै

तु खबर संवाददाता
२०७९ फाल्गुन २९,सोमबार १५:१७

काठमाडौं । भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह नेपाल आउने भएका छन् । सिंह युनिफाइ नेपालको आयोजनामा आगामी चैत्र २५ गते (अप्रिल ८) काठमाडौंको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका हुन् ।

ह्यातमा हुने उनको कार्यक्रमको टिकटको सबै मूल्य सम्बन्धी जानकारी ई–सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उक्त कार्यक्रममा सहभागी हुन सर्वसाधारण टिकटको १ हजार रुपैयाँदेखि माथि र भीआइपी टिकटको २ हजार रुपैयाँभन्दा बढी हुन सक्नेछ ।

सिंहका चर्चित गीत ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका लगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुती दिने श्रेष्ठले बताए ।