समाचार

इच्छा विपरित रंग नलगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागु पूर्णिमामा इच्छा विपरित कसैलाई पनि रंग नलगाउन आग्रह गरेको छ । प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गरी सो कुराको आग्रह गरेको हो । प्रशासनले यही फागुन २२ र २३ गते मनाने फागु पुर्णिमा (होली) को शुभकामना दिँदै नेपालीहरुको साझा पर्वलाई...

दुई जना मृत अवस्थामा फेला

काठमाडौं । अर्घाखाँची र पर्सामा गरी दुई जना मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ मा प्युठान नौबेनीका ५५ वर्षीय भुपाल पुन शुक्रबार आफ्नै कोठामा मृत फेला परेका छन् । निर्माणको काम गर्दै आएका पुन मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । यस्तै, पर्सामा पनि एक...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । शुक्रबार बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोरखा आरुघाट गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको...

लागूऔषधसहित मकवानपुरका घिसिङ पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ खैरधारीबाट लागूऔषध अफिम एक किलोसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय नर मान घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...

मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज क्यापिटलको कार्यालयमा शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । आईपीओमा कुल १४ लाख २४ हजार ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको...

एसईईको रजिष्ट्रेसन फारम खुल्यो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेसन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृत–वेदविद्याश्रम–गुरुकुल–मदर्सा–गोन्पा र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) मा सहभागी हुनको लागि फारम खुलेको...

लागूऔषध कारोबारमा संलग्न १८ जना पक्राउ

काठमाडौं । लागूऔषध कारोवारमा संलग्न रहेको अभियोगमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट १८ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र मातहत शाखाबाट समेत खटिएको प्रहरीले १८ जनालाई विभिन्न मिति र छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई अवैध लागूऔषध खैरो हेरोइन जम्मा ४...

‘निकुञ्ज र स्थानीय तहले मिलेर काम गर्नुपर्छ’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्रिय निकुञ्जले स्थानीय तहसँग मिलेर काम गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुर एवम् डिभिजन वन कार्यालय मकवानपुर र राप्तीले बिहीबार हेटौंडामा आयोजना गरेको मानव वन्यजन्तु द्वन्द्व एवम् वन डँढेलो न्यूनीकरण सम्बन्धि अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । सो क्रममा उनले...

पूर्वकुमारी समिता बज्राचार्य राप्रपामा प्रवेश

काठमाडौं । पूर्वकुमारी समिता बज्राचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले बज्राचार्यलाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरेका हुन् । बज्राचार्य २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् । अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत...

घुससहित नायब सुब्बा र लेखापढी व्यवसायी पक्राउ

वीरगञ्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीबाट घुस लिएको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा (नासु) रामकृष्ण पण्डित र श्रीसुभाष भू–सेवा केन्द्र, जलेश्वरका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्ण रहेका छन् । उनीहरूलाई अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले सेवाग्राहीबाट...