हत्या गरेको अभियोगमा ७ जना पक्राउ
काठमाडौं । प्रहरीले हत्या गरेको आरोपमा दुई छुट्टाछुट्टै जिल्लाबाट ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार रुकुमपश्चिम र जुम्लाबाट हत्या गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको हो ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेका छन् ।
पुर्ब रिसिईबिको कारण उनीहरुको कुटपिटबाट गम्भिर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबरप्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको हो ।
यस्तै, प्रहरीले जुम्लाको तिला गाउँपालिका–४ नुवाकोट बस्ने ४७ वर्षीय आइते सार्कीलाई आफ्नै श्रीमती २१ वर्षीया ममता नेपालीको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । आइतेले ममता नेपालीलाई हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुंडारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
