समाचार

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ । उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन् । भण्डारी...

माओवादी धारको संयुक्त पत्रकार सम्मेलन आज हुँदै

काठमाडौं । माओवादी धारले आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी धारले आज अपराह्न २ बजे पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने माओवादी केन्द्रका...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

बारा । बारामा शनिबार साँझ सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । साँझ करिब साढे ६ बजे बारा महागढीमाई नगरपालिका ८ थलही पुल नजिकै कलैयाबाट लङ्गडाचोक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु...

स्ववियु निर्वाचनका लागि उत्साहजनक उम्मेदवारी दर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रुपमा उम्मेदवारी भएको छ । शनिबार उम्मेदवारी दर्तासँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमा बाहेक...

एमालेद्वारा रामसहाय यादवको उम्मेदवारी खारेजको माग

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दिएको छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएको हो । एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद भवनस्थित राष्ट्रपति...

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–५ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्राम र नगद ५ हजार ७५ रुपैयाँसहित इलाम चुलाचुली गाउँपालिका–१ बस्ने ३४ वर्षीया मञ्जु चापागाईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको...

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, रामबहादुरको माटो र ढुङ्गाले बनेको...

उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, आज बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म भएको मनोनयन दर्ता कार्यक्रमअन्तरगत ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी...

राजदूत आचार्यले बुझाए राष्ट्रपति भेलालाई ओहदाको प्रमाणपत्र

काठमाडौँ । माल्टा र युकेका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले राष्ट्रपति जर्ज भेलालाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । सो अवसरमा राष्ट्रपति भेलाले दुरीका बाबजुद पनि हालका वर्षहरूमा दुई देशबीचको सम्बन्धले गति लिएको बताए । उनले माल्टामा रहेका नेपाली समुदायको प्रशंसा गर्दै आर्थिक वृद्धि र सामाजिक संरचनामा योगदान पुगेको...

स्ववियु निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ । समानुपातिक तर्फको नामावली दाखिला पनि आजै गर्नुपर्ने निर्वाचन कार्यतालिका रहेको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता...