समाचार
बिहीबार २६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक २६ अंकले घटेर १९६९ को विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार हुन...
कालिका चोकमा युवती मृत फेला, ३ जना पक्राउ
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० कालिका चोकमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले...
बिहीबार सुनको भाउ बढ्यो
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको भइरहेको छ । अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी...
रामचन्द्रलाई जिताउन कांग्रेसले खटायो सबै प्रदेशमा केन्दीय नेता
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सात वटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको हो । बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले गठबन्धनको कार्यक्रमलाई...
आजबाट हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात संचालनमा रोक
मकवानपुर । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा आज फागुन १८ गतेदेखि आगामी चैत्र १० गतेसम्म यातायात संचालनमा रोक लगाइएको छ । ललितपुरको बागमती र भट्टे डाँडामा सडकको मर्म सम्हारको काम भइरहेकाले उक्त सडकखण्डमा दुबैतर्फको यातायात संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव...
हेटौंडाकी ढकाल मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ सरस्वती टोल बस्ने अन्दाजी २२ वर्षीया रचना ढकाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका...
अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा
काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टा मात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १.३० देखि २...
राष्ट्रपति चुनावका लागि आठ दलका सांसदलाई अभिमुखीकरण
काठमाडौं । नेपाली कांग्रेसले (आज) बिहीबार आठ दलीय गठबन्धनका संघीय सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । कांग्रेसको संयोजन र व्यवस्थापनमा काठमाडौंको तीनकुनेस्थित आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो । बिहीबार दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा अभिमुखीकरण...
नेपालमा आत्महत्या गर्ने बढ्दै
काठमाडौं । नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो रूपमा बढिरहेको तथ्याङ्क देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा यस्तो तथ्याङ्क पेस गरिएको हो । पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दो रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण...
कोरियामा नेपाली श्रमिकको माग बढ्यो
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०२३ मा २२...










