समाचार

आजको मौसम : एक–दुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार, शनिबार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ...

कुटपिटबाट एक जनाको मृत्यु

जनकपुरधाम । रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दास रहेको प्रहरीले जनाएको छ । मृतक परिवारका अनुसार, बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीन जनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे...

उपराष्ट्रपतिबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज बिहान ९ बजे बस्ने गरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार, बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ । उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि...

आज उपराष्ट्रपतिको मनोनयन दर्ता

काठमाडौं । उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली भने आइतबार सार्वजनिक हुनेछ । उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक...

एमालेले बोलायो सचिवालय बैठक, उपराष्ट्रपतिबारे निर्णय गर्ने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजे बस्ने गरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार, बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ । उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि...

हेटौंडामा मनोसामाजिक सुस्वास्थ्यबारे अन्तरक्रिया

मकवानपुर । हेटौंडामा शुक्रबार विहान मनोसामाजिक सुस्वास्थ्यका लागि मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । कोशिश नामक संस्थाको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया भएको हो । कार्यक्रममा मानसिक स्वास्थ्यका समस्या र यसमा मिडियाको भूमिकाबारे चर्चा गरिएको थियो । अहिले मानसिक स्वास्थ्यको अवस्था भयावह बन्दै...

सर्वोच्चद्वारा प्रचण्डविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भनी परेको रिट निवेदनमा आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले दर्ता गरेको उक्त रिट निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आदेश दिन अस्वीकार गरेको हो । संक्रमणकालिन न्यायसँग जोडिएको...

नवोदयमा ‘जुनियर साइन्टिस्ट’ कार्यक्रम

मकवानपुर । नवोदय विज्ञान समूहको आयोजनामा शुक्रबार नवोदय शिशु सदन विद्यालयमा जुनियर साइन्टिस्ट कार्यक्रम भएको छ । जुनियर साइन्टिस्ट कार्यक्रममा कक्षागत रुपमा उत्कृष्ट सात समूह छनौट भएका छन् । तैरिने र डुब्ने वस्तुहरु’ को प्रयोगात्मक गरेका कक्षा १ का प्रिन्सा मोक्तान, अनुभव कौशिक पण्डित र लियना कोइरालाको समूह उत्कृष्ट...

राष्ट्रपति पदका उम्मेदवार नेम्वाङले बुझाए निर्वाचन खर्च विवरण

काठमाडौं । राष्ट्रपति पदका नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् । उनले शुक्रबार निर्वाचन आयोगमा राष्ट्रपछि निर्वाचनमा भएको खर्च विवरण बुझाएका हुन् । आयोगमा बुझाएको विवरण अनुसार, नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् । जसमध्ये प्रचारप्रसार, छापा एवम् विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको घण्टाघरमा आज बिहान पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौं बस्ने सुजल छावुहाङ राई रहेका छन् । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई...