कुटपिटबाट एक जनाको मृत्यु
जनकपुरधाम । रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दास रहेको प्रहरीले जनाएको छ ।
मृतक परिवारका अनुसार, बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीन जनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार, सुस्त मनस्थिति (राम्ररी बोल्न नसक्ने) दासले एक ४ वर्षीय बच्चाको हात समातेपछि उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट समान्य घाइते भएको लागेर उनलाई उपचारको लागि लगिएन भने प्रहरीलाई जानकारी समेत दिइएन । मृत्यु पश्चात बिहीबार अपराहन्न साढे ४ बजे प्रहरीलाई खबर गरेपछि घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि लगिएको थियो ।
कुटपिटमा संलग्न भएकाहरु फरार भएका छन् । उनीहरुको खोजी कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
