आजको मौसम : एक–दुई स्थानमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ फाल्गुन २७, शनिबार ०९:११
file photo

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार, शनिबार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आइतबार पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ ।