समाचार

जसपा प्रदेश १ मा संगठन विस्तार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ को कार्य समिति विस्तार गरेको छ । आज सम्पन्न जसपा प्रदेश १ समितिको पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय कार्य समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षहरूमा क्रमशः सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद...

बुधबार दोहोरो अंकले घट्यो शेयरबजार

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ।...

सामान्य प्रशासन मन्त्रालयले २८ उपसचिवको पदस्थापन गर्‍यो

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवको पदस्थापन गरेको छ । बढुवा भएर अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई मन्त्रालयले मंगलबार साँझ पदस्थापन गरेको हो । पदस्थापन गरिएका अधिकांश उपसचिवलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको छ । पदस्थापन भएका उपसचिवहरुमा बाबुराम ढकाल, सीताराम खड्का, मुक्तिनाथ सुवेदी,...

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा चुनाव चिन्ह परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालको चुनाव चिन्ह परिवर्तन गरेको छ । यसअघि गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र राखेको हो । पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार, मतदान गर्न सहज होस् र मतदाता नझुक्किउन भनेर गोला भित्रको घण्टीलाई परिवर्तन गरेर घण्टीमात्र राखिएको हो । यसअघि निर्वाचन...

सालनालसहितको शिशु मृत अवस्थामा फेला

सुर्खेत । सल्यानमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्वर ४ डोढेरामा नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि...

सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांघले १० दिनपछि सुनको भाउ सुनको भाउ भाउ बढेको जानकारी दिएको हो । फागुन ७ गतेयता बजारमा सुनको भाउ निरन्तर घटिरहेको थियो । उक्त मितिमा नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख ३ हजार २०० रुपैयाँ...

कांग्रेसले टुंगो लगायो सत्ता गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने व्यक्ति

काठमाडौं । नेपाली कांग्रेसले फागुन १९ गते हुने सत्ता गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सत्ता गठबन्धनको प्रदेश भेलामा सम्बन्धित प्रदेशबाट पदाधिकारी भएका व्यक्तिले नेतृत्व गर्ने निर्णय गरेको हो । भेलामा पुरानो गठबन्धन ब्युँताउनु पर्नुको...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

कैलाली । कैलालीको दुई छुट्टाछुट्टै स्थानबाट मंगलबार प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गोदावरी नगरपालिका–९ र गोदावरी नगरपालिका–५ बाट मंगलबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले गोदावरी नगरपालिका–९ बल्मीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको...

रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिमिल्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी, गण्डकी प्रदेशको सभापतिमा राजन गौतम,...

भिरबाट लडेर बालिकाको मृत्यु

बागलुङ । बागलुङमा मंगलबार भिरबाट लडेर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बरेङ गाउँपालिका वडा नम्वर १ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतिक्षा घर्ती मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । भिरबाछ लडेर उनको घटनास्थलमै मृत्यु भएको हो...