समाचार

आन्तरिक मन्त्री श्रेष्ठद्वारा भीमफेदी कारागारको अनुगमन

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले मकवानपुरको भिमफेदी कारागारमा रहेका समस्या समाधान गर्न आफुले पहल गर्ने बताएका छन् । मंगलबार कारागार अनुगमनका क्रममा कारागार प्रशासनले दिएको जानकारी अनुसार कारागार भित्र रहेका समस्या समाधान गर्न प्रदेश सरकार र आफ्नो मन्त्रालय मार्फत गर्नुपर्ने सहयोग पूर्णरुपमा गर्ने...

ढुक्कसँग कोरोनाविरुद्धको दोस्रो बुस्टर खोप लगाउन चिकित्सकको आग्रह

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो बुस्टर मात्रा खोप दिने भएको छ । यो खोप काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाउनु सुरु गरिएको छ भने स्थानीय तहमा खोप पठाइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखाको प्रमुख डा अभियान...

डीएसपी कोजुलाई सेवाबाट हटाउने गृह मन्त्रालयको तयारी

काठमाडौं । गृह मन्त्रालयले प्राविधिकतर्फ कार्यरत ससशस्त्र प्रहरीका एक जना नायब उपरीक्षक (डीएसपी) लाई विभागीय कारबाहीको तयारी थालेको छ । गैरहाजिर भएका डीएसपी डाक्टर आशिष कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि सशस्त्र गृह मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो । डीएसपी कोजु गत मंसिर ११ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना...

जंगली हात्ती पीडितलाई राहतको निर्णय गरेकोमा बानियाँद्वारा धन्यवाद

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले हात्तीबाट मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । प्रदेश सभा सदस्य बानियाँले सामाजिक सञ्जालमार्फत राहत दिने निर्णय गरेकोमा धन्यवाद दिएका हुन् । उनले आफुले बागमती प्रदेशसभा बैठकमा गराएको ध्यानाकर्षणको सम्बोधन...

राष्ट्रपति निर्वाचन : आजबाट आचारसंहिता लागू

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो । उक्त आचारसंहिता, भदौ...

नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न व्यक्ति पक्राउ

भक्तपुर । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनपाती घर भई हाल भक्तपुर बस्दै आएका नवीन मानन्धर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनले केही व्यक्तिहरूले लिखत किर्ते गरी विभिन्न वर्गका नक्कली लाइसेन्स पत्र बनाई...

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका थिए । आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी...

चितवन–२ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौँ । आगामी बैशाख १० गते चितवन क्षेत्र नम्वर २ मा हुने उपनिर्वाचनमा भाग लिनका लागि हालसम्म १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनको लागि उक्त संख्याको दल दर्ता भएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति...

स्ववियु चुनावका लागि देशभरका क्याम्पसमा समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि देशभरीका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका देशभरीका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी...