एमाले अध्यक्ष ओलीले दिए नवनियुक्त राष्ट्रपतिलाई शुभकामना

तु खबर संवाददाता
२०७९ फाल्गुन २६, शुक्रबार ०९:०४
file-photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । आफनो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहीबार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले बधाई दिएका हुन् ।

‘नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवम मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु,’ ओलीले बधाई दिँदै भनेका छन् ।