माओवादी धारको बैठक जारी

तु खबर संवाददाता
२०७९ फाल्गुन २६, शुक्रबार ०९:११
file-photo

काठमाडौं । माओवादी धाराका दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हाल जारी छ । बिहान साढे ८ बजेदेखि बैठक जारी छ ।

बैठकमा माओवादी केन्द्रका, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीर नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी रहेका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, विप्लव कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायत छन् ।

प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा रहेका छन् । यसअघि माओवादीधारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।