समाचार

भारतबाट अवैध रुपमा ल्याइएको १० लाखको औषधि बरामद

धनगढी । कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएको १० लाख रुपैयाँ भन्दा बढीको औषधि बरामद गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका–३ भासी पुल नजिककै लुकाएको अवस्थामा १० लाख २१ हजार चार सय रुपैयाँ बराबरको औषधी बरामद गरेको हो । उक्त औषधी विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको...

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिकामा भएको दुर्घटनामा परेर दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा भएको दुर्घटनामा परेर एक जनाको गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कञ्चनरुप वडा नम्वर...

राष्ट्रपतिमा पौडेललाई भोट माग्दै देउवाद्वारा ओलीलाई पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट मागेका छन् । सभापति देउवाले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पौडेललाई भोट गर्न एमालेका अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले...

हेटौंडामा मनायो ४१ औं मगर स्थापना दिवस

मकवानपुर । हेटौंडामा ४१ औं मगर स्थापना दिवस मनाईँएको छ । सोमबार नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम गरी मगर स्थापना दिवस मनाएको हो । हेटौंडा–१२ स्थित प्रथम सहिद क्या. लखन थापा मगर स्मृति बाटिकामा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामाको प्रमुख...

सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न निर्देशन

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले कार्यालयमा पेस हुन आएका हरेक काममा मध्यस्थको होइन सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न मातहतका कार्यालय प्रमुखलाई सुझाव दिएको जानकारी दिए...

आज चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुको साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी...

दुर्घटनामा परेर बालकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी–४ का १३ वर्षीय बबिन क्षेत्री रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४ त ३०४६ नं.को ट्र्याक्टर विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा...

राष्ट्रपति चुनाव : आज उम्मेदवारले नाम फिर्ता लिन सकिने

काठमाडौं । राष्ट्रपति चुनाव कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जनाएको छ ।आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । यस्तै, सोही दिन अपराह्न ४...

सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश सदर

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशलाई सदर गरेको छ । सर्वोच्च अदालतले सोमबार लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश सदर गरेको हो । यस्तै, अदालतले क्रिकेट खेल्न विदेश जान दिने अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार...

कतार जाने नेपालीको संख्या घट्यो

काठमाडौं । कतार विश्वकप फुटबलपछि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या घटेको छ । विश्वकप अगाडि जुन चापमा कतार जाने नेपालीको संख्या अहिले ५० प्रतिशतले घटेको हो । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिनेको संख्या भने विगतको तुलनामा ७० प्रतिशतले कमी आएको र्यालयको कतार शाखा प्रमुख सुर्य रेग्मीले...