समाचार

बागमतीका ९ लाख ७९ हजारभन्दा बढी भेडाबाख्रालाई पीपीआर खोप

मकवानपुर । बागमती प्रदेशमा ९ लाख ७९ हजारभन्दा बढी भेडाबाख्रालाई पीपीआर रोगविरुद्धको खोप लगाइएको छ । सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत प्रदेश भित्रका ९ लाख ७९ हजार २ सय २ वटा भेडाबाख्रालाई उक्त रोग विरुद्धको खोप लगाएको हो । उक्त खोप...

युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य घर भइ हाल काठमाडौंको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भइ कालीमाटी नै बस्ने सुनिता परियार रहेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न...

कांग्रेस मकवानपुरको शान्ति सुरक्षा तथा प्रशासन विभागको पूर्णता

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले स्थापना गरेको शान्ति सुरक्षा तथा प्रशासन विभागले पूर्णता पाएको छ । पार्टीले विभागको प्रमुखमा कालु घलानलाई संयोजक तोकेकोमा घलानले सोमबार एक भेलामार्फत विभागलाई पूर्णता दिएका हुन् । हरिबहादुर मोक्तान सदस्य सचिव रहने गरी ११ सदस्यीय विभागलाई पूर्णता दिइएको छ । विभागको सदस्यहरुमा राम थापा,...

सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।...

अभिनेता पल शाह रिहा

काठमाडौं । अभिनेता पल शाह रिहा भएका छन् । शाह उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार रिहा भएका हुन् । शाह तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर रिहा भएका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया...

एमालेका ८ मन्त्रीले दिए संयुक्त रुपमा राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एकालेबाट मन्त्री बनेका ८ जनाले संयुक्त रुपमा राजीनामा दिएका हुन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई राजीनामा बुझाएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री...

शेयरबजारमा झिनो अंकको गिरावट

काठमाडौं । केही दिनयता लगातार गिरावट आएको नेप्से परिसूचक सोमबार गिरावट आएको छ । आइतबार सामान्य सुधार देखिएको शेयरबजार फेरी गिरावट आएको हो । आज फेरी नेप्से सूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर...

८ दलीय गठबन्धनले बोलाए प्रदेश सांसदहरुको भेला

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका ८ दलीय गठबन्धनले यही फागुन १९ गतेका लागि प्रदेश सांसदहरुको भेला बोलाएका छन् । राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरुको भेला बोलाएका हुन् । सोमबार...

कुटपिटबाट उप्रेतिको हत्या, बानियाँ पक्राउ

धादिङ । धादिङको धुनिबेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका–७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुनबेशी नगरपालिका–६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियाँ रहेका छन् । बानियाँलाई आइतबार बिहान पक्राउ गरेको...

प्रहरीको भ्यानबाट हाम फालेर फरार भए थुनुवा

जनकपुरधाम । धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएका छन् । जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैलाई लग्ने क्रममा थुनुवा फरार भएको प्रहरीले जनाएको छ । बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका–१३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन् ।...