समाचार
चितुवाको हड्डीसहित २ जना पक्राउ
धनगढी । डडेल्धुरामा चितुवाको हड्डीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाजुरा बुढीगंगा नगरपालिका–१० का २६ वर्षीय राजेन्द्र जैसी र खप्तड छेडेदह गाउँपालिका–७ का २७ वर्षीय वीरबहादुर वली रहेका छन् । उनीहरुलाई अमरगढी नगरपालिका–५ बागबजारबाट करिब ४ किलो चितुवाको हड्डीसहित शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको...
हात्तीको आक्रमणमा परेर मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्छु : नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरको आक्रमणमा परी मृत्यु भएका परिवारको लागि प्रदेश सरकारबाट क्षतिपूर्तिको व्यवस्था गर्न आफुले पहल गर्ने बताएका छन् । गत माघ ८ गते हात्तीको आक्रमणमा परी मृत्यु भएका मनहरी गाउँपालिका वडा नम्वर ४ तल्लो मसिनेकी राधादेवि...
रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले चितवन–२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय बसुन्धारामा बस्ने गरी सोमबारका लागि बोलाइएकोहो । उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति...
बागमती प्रदेश सभा बैठक सर्यो
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बस्ने गरी बोलाइएको बैठक केही घण्टा पर सरेको छ । अपराह्न १ बजे बस्ने गरी बोलाइएको बैठक झण्डै साढे ५ घण्टा पर सरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक साढे ५ बजे बस्ने गरी सरेको हो । आइतबारको बैठकमा कर्मचारी सम्बन्धि...
राष्ट्रिय सभा बैठक : सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय सभाको आज बसेको बैठकले जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधि सभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति...
इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आइपीओ निष्कासन गर्ने
काठमाडौं । इङवा हाइड्रोपावरले यही फागुन २१ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारका लागि गएका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने...
पल शाहको मुद्दाको सुनुवाइ हुँदै
काठमाडौं । अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे २ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा अहिले...
उतारचढावकाबीच झिनो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । उतारचढावकाबीच आज नेप्से झिनो अंकले बढेको छ । आज नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता उतारचढाव देखिएको शेयरमार्केटमा आज झिनो अंकले बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत...
बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक पक्राउ
काठमाडौं । किशोरीहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले ५...
घरको पर्खाल भत्किएर एक जनाको मृत्यु
काठमाडौं । भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–४ का २३ वर्षीय धर्मेन्द्र बिक रहेका छन् । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...










