सामान्य अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ फाल्गुन २३,मंगलवार १५:४३
file-photo

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ पुगेको रोकिएको छ ।

राजनीतिक अस्थिरताको कारण लगातार घटिरहेको नेप्से आज सामान्य अंकले बृद्धि भएको हो । आज मंगलबार कूल १ अर्ब २० करोड ४४ लाख नौ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक १९६३.७५ सम्म पुगेको शेयर बजार घटेर १९५२.६६ मा सीमित हुन पुगेको छ ।