सांसदहरुलाई भोलिसम्म काठमाडौं आइपुग्न निर्देशन

तु खबर संवाददाता
२०७९ फाल्गुन २३, मंगलवार १५:३६
file-photo

काठमाडौं । सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो ।

बैठकले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुलाई भोलिसम्म काठमाडौं आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।