समाचार

सुनको भाउ घट्यो, प्रतितोला कतिमा कारोबार हुँदै ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजावी सुन तोलामा १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार हुँदा साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलामा १...

रोटरी क्लब अफ मकवानपुरद्वारा लत्ताकपडा तथा शैक्षिक सामग्री सहयोग

मकवानपुर । मकवानपुरको कैलाश गाउपालिका वडा नम्वर ९ घैराङ्गमा रहेको श्री जीवन ज्योति प्राथमिक विद्यालयमा रोटरी क्लब अफ मकवानपुरले लत्ताकपडा (ट्र्याक सुट) तथा शैक्षिक सामग्री सहयोग गरेको छ । शनिबार एक कार्यक्रमकबीच कक्षा १ देखि ५ सम्मका १२३ जना विद्यार्थीहरुलाइ लत्ताकपडा तथा झोला, किताब, कपि, पेन्सिललगायतका सामग्री हस्तान्तरण गरिएको...

अवैध गाँजासहित मकवानपुरका दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ८ बाट आज बिहान अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ३४५ किलो ४०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय ठाकुराम मुक्तान र प्रमेबहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक...

दुर्घटनामा परेर पत्रकार मनोज हितङ्गाको मृत्यु

बुटवल । बुटवलका पत्रकार मनोज हितङ्गाको दुर्घटनामा परेर मृत्यु भएको छ । गएराति बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गइरहेका हितङ्गा सवार मोटरसाइकल र अस्पताललाइन तर्फबाट मिलनचोक तर्फ आउँदै गरेको यात्रु बाहक बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका...

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं । सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुने भएको छ । शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै...

बागमती प्रदेश सभामा विधेयक व्यवस्थापन विशेष समिति गठन

मकवानपुर । बागमती प्रदेश सभाको शनिबार साँझ बसेको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सभाले फागुन १० गते संसदमा पेश भएको कर्मचारी सम्बन्धी दुई वटा अध्यादेशको प्रतिस्थापन विधेयकमाथि दफावार छलफल गर्न र प्रतिवेदन पेश गर्न १५ सदस्यीय विधेयक व्यवस्थापन विशेष समिति गठन...

बागमतीका तीन मन्त्रीले दिए पदबाट राजीनामा

मकवानपुर । बागमती प्रदेशका तीन जनामन्त्रीले पदबाट राजीनामा दिएका छन् । राप्रपाको तर्फबाट प्रदेशको विभिन्न मन्त्री बनेका तीन जनाले पदबाट राजीनामा दिएका हुन् । मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई संयुक्तरूपमा राजीनामा बुझाएका छन् । शनिबार राति ८ः३० बजेको समयमाहेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर राप्रपाका तीनै जना मन्त्रीले संयुक्त रुपमा राजीनामा पत्र...

राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए । उनका अनुसार, आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । त्यस्तै, राष्ट्रिय सरोकार...

दुर्घटनामा परेर एकको मृत्यु, ४ घाइते

जनकपुरधाम । धनुषामा मोटरसाइकल एकापसमा ठोक्किँएर दुँघटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सबैला नगरपालिका अमरखानाका २३ वर्षीय अजयकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार, विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइलकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा युवकको...

यी तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने प्रदेश एक, बागमती...