माओवादी धारका नेताहरुको बैठक जारी

तु खबर संवाददाता
२०७९ फाल्गुन २३, मंगलवार ०९:४३
file-photo

काठमाडौं । नेकपा माओवादी धारका नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट सुरु भएको बैठक हाल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायत सहभागी रहेका छन् ।

यस्तै, माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल पनि सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी नेताहरु नजिकिएको देखिन्छ । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तती फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा माओवादी धारका नेताहरुले एकजुट भएरअगाडि बढ्ने बताएका थिए ।