आगलागीमा परी वृद्धको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन २३, मंगलवार ०९:५०

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–२ डाकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८७ वर्षीय महवीर थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार राति घरमा खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको आगलागीमा परी मृत्यु भएको हो । मृतक वृद्ध घरमा एक्लै बस्दै आएका थिए ।

आगलागीबाट वृद्धको एकतले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । घरमा आगलागी भएको बुधबार बिहान मात्र जानकारी भएको प्रहरीले जनाएको छ ।