समाचार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने भएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुनेछ । गत पुस १० मा बनेको सात...

बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले आइतबार दुई वटा विधेयक पारितको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । आइतबार प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न...

मकवानपुरको बागमतीमा आज र भोलि सार्वजनिक विदा

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठक उक्त निर्णय गरेको हो । बैठकले मगर समुदायको ४१ औँ स्थापना दिवस र भोलि माझी समुदायको लदि (कोशी पूजा) पर्वको अवसरमा पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख...

एमालेद्वारा सचिवालय बैठक आह्वान

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक आह्वान गरेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले भने पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी...

अभिनेता पल शाह आज रिहा हुने

काठमाडौं । उच्च अदालत पोखराबाट जबरजस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने भएका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया...

आज मगर एकता दिवस मनाईँदै

काठमाडौं । मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछ । २०३९ सालदेखि फागुन १५ गतेका दिन मनाउँदै आएको मगर दिवस आज परेको हो । आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायले एकता दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइने...

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको प्रनिनिधि सभा सचिवालयले जनाएको छ । उक्त बैठकमा जसपा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । शहनाजको गत शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको थियो । उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने...

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै प्रि–मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय छ । आज दिउँसो काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा...

सन्दीप लामिछानेको मुद्दाको आज पनि सुनुवाइ हुँदै

काठमाडौं । नाबालिगमाथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुँदैछ । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनवाइ हुने भएको हो । नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि...

नयाँ गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने निर्णयसँगै बनेको आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बालुवाटारमा आठ दलको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा...