समाचार

हेटौंडामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियास्थित कठायत चोकमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ११ः०५ बजेको समयमा हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा...

नारी सशक्तीकरणका लागि जुटौँः अध्यक्ष ढकाल

मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एमव् प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नारी सशक्तीकरणमा शिक्षाको अहम भुमिका हुने भन्दै नारीलाई शिक्षित र दीक्षित बनाउनुपर्ने बताएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले...

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं । अतिकम विकसित राष्ट्रहरू (एलसीडी) को पाँचौ अन्तराष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् । मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूकोको अर्डिनेसन ब्युरोको अध्यक्षको जिम्मेवारी दिएको छ । एक...

आज मिथिला क्षेत्रमा होली पर्व मनाइँदै

काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ । मंगलबार परिक्रमा सम्पन्न भएपछि आज मिठामिठा परिकार बनाएर खाँदै एक–अर्कालाई रंग दलेर हर्सोल्लासपूर्वक होली मनाइँदै छ । यसअघि फागुन पूर्णिमाको...

आगलागीमा परेर बालिकाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिकास्थित आगलागीमा परेर ६ महिने बालिकाको मृत्यु भएको छ । मंगलबार साँझ राजदेवी नगरपालिका–४ बसन्तपुर (गडहिया) का भिखर राउतको खरको छाना भएको घरमा आगलागी हुँदा सुतिरहेकी उनको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राउतको घरबाट सल्किएको...

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत बुधबार तीन खेल हुने भएको हो । आव दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन...

राष्ट्रपति निर्वाचन : संघीय र प्रदेश सांसदका लागि अलग मतदान केन्द्र

काठमाडौं । राष्ट्रपति निर्वाचन अन्तरगत संघीय सांसद र प्रदेश सभा सांसदका लागि अलग–अलग मतदान केन्द्र तयार गरिएको छ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न भोलि बिहीबार मतदान हुँदैछ । त्यसको लागि बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ...

द्वन्द्वकालीन घटनाका मुद्दाविरुद्ध माओवादी निकट आठ दलको मोर्चाबन्दी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध द्वन्द्वकालीन घटनाका मुद्दा ब्युँतिने भएपछि माओवादी निकटका आठ दल मोर्चाबन्दीमा जुटेका छन् । प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै नजिकिएका माओवादी नेताहरू सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए...

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय हुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बैठकमा समसामयिक राजनीतिक विषयमा पनि...

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले यतिवेला सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...