ए डिभिजन लिगमा आज तीन खेल हुँदै

तु खबर संवाददाता
२०७९ फाल्गुन २४, बुधबार ०९:१७
file-photo

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत बुधबार तीन खेल हुने भएको हो ।

आव दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्ने छन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

यस्तै, दशरथ रंगशाला मै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको लिगमा विजेताले ७५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।