माओवादी धारको बैठक पुनः २६ गते बस्ने
काठमाडौं । माओवादी धारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । आगामी फागुन २६ गते पुनः माओवादी धारहरुको बैठक बस्ने भएको छ ।
सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले जानकारी दिए । सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ–आफ्नो धारणा राखेको बुढाले बताए ।
माओवादी धारको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायत सहभागी रहेका थिए ।
यस्तै, माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल पनि सहभागी थिए ।
