नहरमा डुबेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ फाल्गुन २३, मंगलवार १८:१४
सांकेतिक तस्वीर

बाँके । कोहलपुर नगरपालिका–१३ बन्दास्थित नहरमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका–१२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल रहेका छन् ।

नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको उद्धार गरी मेडिकल कलेज कोहलपुर पठाईएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।