राष्ट्रपति निर्वाचनको सबै तयारी पूरा

तु खबर संवाददाता
२०७९ फाल्गुन २४, बुधबार १६:१२

काठमाडौं । राष्ट्रपति निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ ।

संघीय संसदका लागि एउटा र प्रदेश सभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो । ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मात्र मतदान गर्न पाउने निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिए ।

मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन । यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ ।

निर्वाचन अधिकृत शर्माका अनुसार, ४ बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।