समाचार

एक लाख घुससहित शिक्षा अधिकृत पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको...

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपति पदमा नपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । केहीबेर अघि सम्पन्न मतगणना अनुसार, पौडेल निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो । जसमध्ये...

नदीमा डुबेर एक जनाको मृत्यु

वीरगञ्ज । पर्सामा लुठा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पर्सागढ़ी नगरपालिका वडा नम्वर ८ हरपुर टोल बस्ने ५० वर्षीय प्रल्हाद भनिने लक्ष्मी राम चमार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी बुधबार दिउँसो २ बजे होली खेल्नका लागि निस्केका थिए । स्थानीयबासिन्दाले...

उपनिर्वाचनका लागि दलहरूलाई चुनाव चिन्ह प्रदान

काठमाडौं । आसन्न बैशाख १० मा हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गरिएको छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले १८ वटा दलहरूलाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको...

बिहीबार ५० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार उच्च अंकले बढेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा पुगेर रोकिएको हो । आज नेप्से सूचक ५०.०४ अंक अर्थात २.५६ प्रतिशतले बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ४५...

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै स्काईलाइट हलमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । राष्ट्रपति पदको लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा होमिएका छन् । बिहीबार बिहान १० देखि दिउँसो ३...

राष्ट्रपति निर्वाचनमा ८३१ मत खस्यो

काठमाडौं । राष्ट्रपति चयनको लागि भएको मतदानमा कुल ८३१ मत खसेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म संचालन भएको मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने...

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका...

राष्ट्रपति निर्वाचनको मतदान सकियो, केहीबेरमा मतगणना

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजे सकिएको हो । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको...

सुनको भाउ घट्यो

काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ ।...