समाचार

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख दिने प्रदेश सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारहरुलाई जनही एक/एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मंगलबार बिहान बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । पछिल्लो दुई सातामा प्रदेशमा जंगली...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौति नगरपालिका–५ स्थायी बतन भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ५८ वर्षीय रविभक्त सौंजु रहेका छन् । प्रहरीका अनुसार, उनी उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसूर...

गृह मन्त्रालयद्वारा सात सह–सचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । गृह मन्त्रालयअन्तर्गत कार्यरत सात सह–सचिवको जिम्मेवारी हेरफेर भएको छ । जसअनुसार सह–सचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक, सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । यसैगरी, आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखा, रुद्रादेबी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा, नारायण रिसाललाई जिल्ला...

मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता शेयर खरिदबिक्री हुँदा...

प्रतिनिधि सभाका यी सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको ११ सांसदले उल्लङ्घन गरेका छन् । संघीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ । सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा ठुलो दल कांग्रेसका सांसदहरू...

आजबाट एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु

काठमाडौँ । नेपाल सरकारले आजबाट एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच वेब मनिटरिङ प्रणाली सुरुवात गरिएको हो । यस प्रणाली र वेबसाइटलाई सूचना प्रविधि विभागले विकास गरेको हो । हाल सरकारी निकायहरूले कार्यालयपिच्छे निजी क्षेत्रको परामर्श सेवामार्फत वेबसाइट...

भोलिबाट निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गते अर्थात भोलि बुधबारबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो...

बलात्कार आरोपमा दुुई जना पक्राउ

भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापा रहेको प्रहरीले जनाएको छ । ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन...

लोसपाले गठन गर्‍यो २१६ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समिति गठन गरेको छ । पार्टी गठन भएको डेढ वर्षपछि मात्र लोसपाले केन्द्रीय समिति सदस्यको नामावली तयार गरी त्यसलाई आज अन्तिम रूप दिएको हो । बबरमहलस्थित केन्द्रीय कार्यालयमा जारी शीर्ष नेताहरुको बैठकमा केन्द्रीय समितिको बारेमा छलफल भइरहेको छ । आज त्यसलाई...

आगोमा जलेर वृद्धको मृत्यु

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको आगोमा जलेर मृत्यु भएको छ । गएराति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार, जस्तापाताको छाप्रोमा बस्दै आएका उनको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन...