सुनको भाउ घट्यो
काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ ।
बिहीबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ ।
