पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क बनाउछौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क रुपमा सेवा विस्तार गर्ने बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
प्रचण्डले सात वटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडा स्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गर्ने बताए । उनले अघि भने, ‘महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ ।’
पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गर्ने समेत उनले बताए ।
उद्यमशीलता प्रवद्र्धनमा देखिएका कानूनी र व्यवहारिक जटिलता अन्त्य गर्न महिला नवप्रवद्र्धन र स्वरोजगार संयन्त्र निर्माण गर्ने समते उनले जानकारी दिए ।
