समाचार

उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी आज कतारको राजधानी दोहा जाने भएका छन् । अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्ने भएका हुन् । उनको सचिवालयका एक सदस्य विजय गौतमका अनुसार, श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा....

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली रही अन्य...

आठ दलीय गठबन्धनको बागमतीस्तरीय अभिमुखीकरण आज

काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर...

बागमती प्रदेश प्रमुखद्वारा दुई वटा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज बिहीबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम दुई वटा विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए । प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको...

राष्ट्रपति पदका लागि नेवाङले मागे राप्रपाका अध्यक्षसँग मत

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर मत मागेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार पार्टीका नेताहरुसहित राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् । नेम्वाङ एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ,...

साइबर सुरक्षामा सुझाव दिन सरकारले बनायो उच्चस्तरीय कार्यदल

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ । फागुन १५ मा बसेको मन्त्रिपरिषद बैठकले सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको सञ्चार तथा सूचना प्रविधि...

माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्वर ७ को माझीटारमा यात्रुवाहक माइक्रो बसको ठक्करबाट बिहीबार एक जना बालिकाको मृत्यु भएको छ । पानी किन्न सडक पार गर्नेक्रममा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको माइक्रोको ठक्करबाट तीनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बालिकालाई...

हेटौंडामा पाँच दिने सूचना प्रविधि मेला हुने

मकवानपुर । हेटौंडामा पाँच दिने सूचना प्रविधि मेला हुने भएको छ । उक्त मेला कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा हुने भएको हो । मेला आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने भएको मेलाका संयोजक तथा बागमती प्रदेश अध्यक्ष पुष्पराज पुडासैनीले...

गाँजासहित दुई जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५, प्रहरी चौकी चैनपुरबाट लागऔषध गाँजासहित दुई जना पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा भारत मोतिहारी बिश्रामपुर ग्राम बस्ने १७ वर्षीय दिपु कुमार चौहान र २० वर्षीय बिक्की कुमार चौहान...

मकवानपुरमा सडकको नालीमा एक महिलाको शव फेला

मकवानपुर । मकवानपुरमा सडकको नालीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको थाहा नगरपालिका–९ चित्लाङस्थित भित्री सडकखण्ड छेउको नालीमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शव स्थानीय अन्दाजी ४५ वर्षीय बसन्ती बलामीको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उक्त...