समाचार
हेटौंडामा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, चुरियामाई मन्दिर परिसरमा एक जनाको शव फेला परेको छ । शनिबार चुरियामाई मन्दिर छेउको सिढीमा हाल पहिचान नखुलेको अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, ती पुरुष लामो समयदेखि मन्दिरमा बस्दै...
उतारचढावकाबीच २६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पहिलो दिन शेयरबजारमा २६ अंकले घटेको छ । प्रि–ओपनिङ्ग सेसनमा बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म २६.८० अंकले घटेर १९७५ को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६६ करोड ६९...
राष्ट्रपति पौडेलले दिए कांग्रेसको जिम्मेवारीबाट राजीनामा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा दिएका हुन् । पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् । कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले जानकारी...
सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
सिन्धुली । सिन्धुलीका फिक्कल गाउँपालिका वडा नम्वर ४ कुइभिरमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ओखलढुङगा बाट काठमान्डौँ तर्फ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस आज बिहान ९ः१५ बजे ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको...
टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको माथागढि गाउँपालिका–६, चिल्लेपानीस्थित झडेवा रहबासभित्री कच्ची सडकमा लु २ ख ११९६ नम्बरको टिपर सडकदेखि करिब ४० मिटर तल खस्दा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशपुरका ४० वर्षीय...
गैसस महासंघ मकवानपुरको अध्यक्षमा सापकोटा
मकवानपुर । गैर सरकारी संस्था महासंघ मकवानपुर शाखाको अध्यक्षमा रमिला सापकोटा चयन भएकी छिन् । महासंघको हेटौंडा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट सापकोटा अध्यक्ष पदमा चयन भएकी हुन् । यस्तै, महासंघको उपाध्यक्षमा कुमारी वाईवा, सचिवका सन्तोष पौडेल, सह–सचिवमा गोकर्ण तिवारी तथा कोषाध्यक्षमा लक्ष्मी मोक्तान चयन भएका छन् । यसैगरी, सदस्यहरुमा...
स्ववियु निर्वाचनअन्तर्गत आज दाबी विरोध
काठमाडौं । आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ । यसैगरी, उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली...
अब राष्ट्रपतिको सवारीमा सडक खाली नगराइने
काठमाडौं । गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको आवातजावतका...
उपराष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली सार्वजनिक हुने
काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि हिजो जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो । ९ दलीय गठबन्धनमा...
यस्तो रहने छ आजको मौमस
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले यतिवेला देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।...










