उतारचढावकाबीच २६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन शेयरबजारमा २६ अंकले घटेको छ । प्रि–ओपनिङ्ग सेसनमा बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म २६.८० अंकले घटेर १९७५ को विन्दुमा पुगेर रोकिएको हो ।
नेप्सेमा सूचीकृत २६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६६ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक आज बैकिङ्ग इन्डेक्सको १.७१ प्रतिशतले घटेको छ ।