गैसस महासंघ मकवानपुरको अध्यक्षमा सापकोटा

तु खबर संवाददाता
२०७९ फाल्गुन २८,आईतवार ०९:४८

मकवानपुर । गैर सरकारी संस्था महासंघ मकवानपुर शाखाको अध्यक्षमा रमिला सापकोटा चयन भएकी छिन् । महासंघको हेटौंडा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट सापकोटा अध्यक्ष पदमा चयन भएकी हुन् ।

यस्तै, महासंघको उपाध्यक्षमा कुमारी वाईवा, सचिवका सन्तोष पौडेल, सह–सचिवमा गोकर्ण तिवारी तथा कोषाध्यक्षमा लक्ष्मी मोक्तान चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा अन्जन प्रसाद पौडेल,लक्ष्मी श्रेष्ठ बिष्णु धिताल, सौजन डीसी, सन्दिप साक्य, सम्राट सिलवाल , बालकुमारी डल्लाकोटी, सबिना न्यौपाने, कल्पना बिक र शान्ति स्याङ्वो रहेका छन् ।