हेटौंडामा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, चुरियामाई मन्दिर परिसरमा एक जनाको शव फेला परेको छ ।
शनिबार चुरियामाई मन्दिर छेउको सिढीमा हाल पहिचान नखुलेको अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, ती पुरुष लामो समयदेखि मन्दिरमा बस्दै गरेको जोगी रहेका छन् । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।