राष्ट्रपति पदका उम्मेदवार नेम्वाङले बुझाए निर्वाचन खर्च विवरण

काठमाडौं । राष्ट्रपति पदका नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् । उनले शुक्रबार निर्वाचन आयोगमा राष्ट्रपछि निर्वाचनमा भएको खर्च विवरण बुझाएका हुन् ।
आयोगमा बुझाएको विवरण अनुसार, नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् । जसमध्ये प्रचारप्रसार, छापा एवम् विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई एसएमएस पठाउँदा १० हजार रुपैयाँ र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको नेम्वाङले उल्लेख गरेका छन् ।
नेम्वाङका तर्फबाट उनका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाएका हुन् । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेससहित दलका उम्मेदवार रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित भएका थिए ।
राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो । जसमध्ये पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ गरी कूल ५६६ मत प्राप्त गरे । यस्तै, नेवाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ गरी २६० मत प्राप्त गरे भने पाँच मत बदर भएको थियो ।