आज उपराष्ट्रपतिको मनोनयन दर्ता
काठमाडौं । उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली भने आइतबार सार्वजनिक हुनेछ ।
उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनुपर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि पाँच/पाँच जना प्रस्तावक र समर्थक जुटाउनु पर्नेछ ।
उपराष्ट्रपतिको निर्वाचन आगामी चेत्र ३ गतेका लागि तोकिएको छ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य ५ सय ५० गरी कुल ८ सय ८२ कायम छ । संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।
