उपराष्ट्रपतिबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक

तु खबर संवाददाता
२०७९ फाल्गुन २७, शनिबार ०८:५२
file-photo

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज बिहान ९ बजे बस्ने गरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

उनका अनुसार, बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ ।

उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो ।

नेम्वाङलाई हराउँदै ८ दलीय सत्ता गठबन्धनका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।