राष्ट्रपति भण्डारीको कार्यकाल सकियो

तु खबर संवाददाता
२०७९ फाल्गुन २८,आईतवार ०८:३१
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ । उनको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन् ।

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । उनको शपथ ग्रहण भोलि हुँदैछ । पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।