राष्ट्रिय सभाको बैठक सर्यो
काठमाडौं । सोमबार बोलाइएको राष्ट्रिय सभाको बैठक केहीदिन पर सरेको छ । बैठक ९ दिन पर सरेको संसद सचिवालयले जनाएको छ ।
संघीयस संसद राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले एक विज्ञप्ती जारी गर्दै फागुन २९ गते सोमबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक चैत्र ८ गतेका लागि सरेको जानकारी गराएका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षज्यूले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत्र ८ गते बुधबार अपरान्ह १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’
