शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ फाल्गुन २९,सोमबार १५:३९

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य रहेका छन् ।

यसअघि आइतबार साताको पहिलो दिन शेयर बजारमा २६.८० अंकले घटेर १९७५ को विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६६ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।