नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

तु खबर संवाददाता
२०७९ फाल्गुन २९, सोमबार १४:३९

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेलले शितलनिवासमा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

गत फागुन २५ गते नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलले शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाई पनि गरिएको छ ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको सहभागिता रहेको थियो ।