सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गयो

काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्वर ६ मा रहेको बिसौनी मोडमा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ ।
प्रदेश ३ ०१–०००३ क ६१७० नम्वरको मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८६ प १७८६ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर सडकभन्दा २० मिटर तल खस्न गई दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
यस्तै, दुर्घटनामा परेर ६ जना पुरुष र दुई जना महिला गरी ८ जना घाइते भएका छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।