आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ फाल्गुन ३०,मंगलवार ०७:५८

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा रहेको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक विदा दिइएको हो ।

पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।

यसअघि चैत्र १ गते विदा दिने निर्णय गरेको भएपनि अहिले फागुन ३० गते विदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ ।