सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम मिति
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम मिति रहेको छ । गत फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको उक्त आइपीओ भर्ने आज अन्तिम मिति रहेको कम्पनी जनाएको छ ।
कम्पनीका अनुासार, आज (मंगलबार) कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले आइपीओ भर्न सक्ने छन् । उक्त कम्पनीले कम्पनीले गत फागुन २६ गते सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । सो कम्पनिले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको पछि सर्वसाधारणका लागि आईपियो निष्काशन खुला गरेको हो ।
जसअनुसार सर्वसाधारणका लागि चार लाख २४ हजार ८ सय ८५ कित्ता छुटाईएको छ । सो कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।