शेयर बजारमा झिनो अंकको सुधार

तु खबर संवाददाता
२०७९ फाल्गुन ३०,मंगलवार १५:३८
file-photo

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा झिनो अंकको सुधार आएको छ । शेयर बजार खुलेको केही समयसम्म घटेको नेप्से सूचक मार्केट बन्द हुनेबेलासम्म १.८५ अंकले बढेर १९५३ विन्दुमा पुगेर रोकिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनाका लागि निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाएर सार्वजनिक गरेसँगै आज नेप्से सूचक सामान्य बढेको हो । आज नेप्सेमा सूचीकृत २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ८ उपसूचकमा हरियाली छाएको छ भने ५ उपसूचकमा राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स इन्डेक्स ०.९८ प्रतिशतले बढेको छ भने ब्यापार उपसूचक २.३८ प्रतिशतले घटेको छ ।

यसअघि सोमबार शेयर बजारमा नेप्से परिसूचक २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको थियो भने नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको थियो । यस्तै, सोमबार नेप्सेमा रहेका १३ उपसूचक सबै राताम्य भएको थियो ।