आज यी चार प्रदेशमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ चैत्र १,बुधबार ०८:३८
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली रहेको छ ।

यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा अपराह्नतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।