नेकपा र नेकपा माओवादी समाजवादीबीच एकता हुँदै

तु खबर संवाददाता
२०७९ चैत्र १,बुधबार १०:२८

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ ।

पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए ।

आज प्रज्ञा भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी एकताबारे शीर्ष नेताहरूले पत्रकारहरूसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।