सिकारीले चलाएको गोली लागेर किशोरको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र १, बुधबार १०:३७
file photo

सल्यान । सल्यानमा सिकारीले चलाएको गोली लागेर एक किशोरको मृत्यु भएको छ । गोली लागेर बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर घाइते भएका थिए । घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

गोली प्रहार गर्ने आइतेलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।